खोटाङ, २२ चैत । खोटाङको फेदीमा सार्वजनिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय निकाय तथा बिभिन्न परियोजनाबाट सञ्चालन हुने अनुदान तथा योजनाको पारदर्शीताकालागि वडानागरिक मञ्चका पदाधिकारीलाई सहभागी गराएर सार्वजनिक परिक्षण सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
एसएएलजिपी र बालसेवा समाज नेर्पाको सहयोगमा नवयुवा फुलपाती सेवा समाज पाथेकाले फेदीमा सार्वजनिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीलाई सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई, यसका बिधि, उद्धेश्य, फाईदा, वडानागरिक मञ्चको भूमीका लगायतका बिषयमा जानकारी दिइएको सामुदायीक स्वयंसेबक सुस्मिता राईले जानकारी दिइन् ।
राजनैतिक दल, गाबिस सचिव समेतको सहभागीता रहेको कार्यक्रममा नवयुवा फुलपाती सेवा समाज पाथेकाका हात्तीराम राईले सहजीकरण गरेका थिए ।