रामधन राई/खोटाङ, ५ बैशाख । बालसेवा समाज नेपाल नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) को बिद्यालय तथा आमसञ्चार कार्यक्रमअन्र्तगत गन्दर्भ गीति यात्राको एक सय स्थान गीत गाउने कार्यक्रम सम्पन्न भएको छ ।
बैदेशिक रोजगारीमा जानुपुर्बको तयारी, जाँदा अपनाउनुपर्ने साबधानी, पु¥याउनुपर्ने प्रक्रिया, बिदेशमा हुन सक्ने सम्भाबित दुर्घटनालगायतका जानकारी तथा सुचना साराङगी र गीतको माध्यमबाट दिने उदेश्यले गन्दर्भ गीति यात्राको आयोजना गरिएको हो ।
खोटाङको दक्षिणी बिभिन्न गाबिसबाट महिना दिन अगाडी तय गरिएको यात्रामा सामेल भोजपुर जरायोटारका तेजेन्द्र गन्दर्भका टोली बिभिन्न सय स्थानमा साराङगी रेटेर गीतको माध्यमबाट सुचना तथा सन्देश दिएर फर्किएको कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिनुभयो ।
साराङगीको धुनसँगै गीत बनाएर सुचना तथा सन्देश दिँदा मानिसहरु झुम्मिएर चाखपुर्बक सुनिदिने गरेकाले गीति यात्रा कार्यक्रम प्रभाबकारी तथा उपलब्धिमुलक बनेको संयोजक रिजालको भनाई छ ।