९० जना उद्यमी उत्पादन गर्ने लक्ष्यकासाथ जिल्लाको पाथेका, खार्मी, नेर्पा र फेदीमा ‘गरिबी निवारणकालागि लघुउद्यम बिकास’ कार्यक्रम सञ्चालन भइरहेको छ । पाथेकाका १६ जनाले सिलाई कटाई, अल्लो, बेकरी÷दालमोठ, सिकर्मी, व्यूटीपार्लर, मछिनो तेल, अलैंची र फोटोसप तालिम लिइरहेका छन् । खार्मीका ३३ जनाले बाँस, तरकारी खेती, वर्कशप, मोबाईल मर्मत, किलाईकटाई, दालमोठ/भुजिया, व्यूटीपार्लर सम्वन्धी तालिम लिइरहेको घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले बताउनुभयो ।
सापकोटालाई प्रदान गर्दै खार्मीका उद्यमी ।
नेर्पाका २४ जनाले दालमोठ/भुजिया, सिलाई कटाई र तरकारी खेती सम्बन्धी तालिम लिइरहेका छन् । महिला, दलित, जनजाती र निम्न आर्थिक स्तर भएका व्यक्तीलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको बिकास सहजीकरण सञ्जालकी खोटाङ संयोजक रोश्ना कार्कीले बताउनुभयो । फेदीमा भने अल्लोको कपडा उत्पादन सम्बन्धी २० जनालाई तालिम दिइएको छ । मंसिरबाट सुरु गरिएको कार्यक्रम समापन सँगै असार मसान्तसम्ममा ९० जना नयाँ उद्यमी उत्पादन हुने घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख खतिवडाले बताउनुभयो ।
जिबिसका योजना तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा, घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख लोकनाथ खतिवडा, घरेलुका नासु दिनेश राई, जिबिसका नासु जानुका श्रेष्ठ, बिकास सहजीकरण सञ्जाल उदयपुरका अध्यक्ष सिएम गुरागाई, बजार अधिकृत ईश्वरी गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, सञ्जालकी जिल्ला संयोजक रोश्ना कार्की लगायतको टोलीले अनुगमन गरेको हो ।