खोटाङ, १७ जेठ । खोटाङको बाँझेच्यानडाँडा–८ तेर्सोटोलकी ट्यूमर पिडित १४ वर्षीय रेबिका राईलाई मलेसिया र जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । बढ्दैगएको मुखको ट्यूमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेबिकाको उपचारकालागि हाल मलेसिया रहेका चिसाङ शेर्पाको पहलमा २७ हजार ३२५ र जापानमा रहेका फुर्वा शेर्पाको पहलमा ६ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।
हाल उपचारमा भारतको कलकत्ता पु¥याइएकी रेबिकाको उपचारमा सघाउकालागि आर्थिक सहयोग पठाइएको शेर्पाले जानकारी दिनुभयो । पीडादायी जीवन बिताइरहेकी रेबिकाको बचाउमा चिसाङको पहलमा मलेसिया, कतार र जापानमा सञ्चालन गरिएको ‘रेबिका बचाउ’ नामक फेसबुक ग्रुप च्याटका माध्यमबाट सहयोग रकम जुटेको हो ।
बुवा कासीनाथ राई रोजगारीका सिलसिलामा २६ वर्षअघि नै काठ्माण्डौं बुढानिलकण्ठ बस्न थालेका हुन् । रेबिकाको ट्यूमरको उपचारकालागि शुभेच्छुकबाट उपचार खर्च जुट्नेक्रम जारी छ । रेबिकाको ५ वर्षकै उमेर यता दुई÷दुई वर्षको फरकमा तीन पटक अप्रेशन गरेर ट्यूमर खुर्केर निकालिएको थियो । अप्रेसनपछि रोग केही निको भएपनि पुःन बल्झिने गरेको छ । अस्पतालमा लाग्ने रकम बुझाउन आफ्नो आर्थिक स्तरले नभ्याउने भएकाले राई परिवारले शुभेच्छुक समक्ष सहयोगको याचना गरेका छन् ।