खोटाङ, जेठ १८ । खोटाङमा महिना दिनअघि परेको चट्याङका कारण घाईते भएका स्थानीयलाई राजधानी लैजाने क्रममा प्रयोग गरिएको हेलीकोप्टरको भाडा तिर्न नसक्दा जिल्ला दैबीप्रकोप उद्धार समितिमा तनाव सिर्जना भएको छ ।
बाक्सिला फुटबल क्लवको आयोजनामा बाक्सिलामा सञ्चालन गरिएको बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगीता हेरीरहेको समयमा बैसाख–११ गते चट्याङ पर्दा घाईते बनेका १२ जना स्थानीयलाई उपचारकालागि राजधानी लैजानेक्रममा प्रयोग गरिएको नेपाली सेनाको हेलीकोप्टरको भाडा तिर्न नसक्दा समितिलाई तनाव निम्तिएको हो । घाईतेलाई राजधानी पु¥याउनेक्रममा प्रयोग गरिएको नेपाली सेनाको एमआइ सेभेन्टिन हेलीकोप्टरको भाडा वापत नेपाली सेनाले ६ लाख ४४ हजारको रकम भुक्तानीकालागि जिल्ला प्रशासन कार्यालयमा बील पठाएको जिल्ला दैबीप्रकोप उद्धार समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
दैबीप्रकोप उद्धार समितिसँग हेलीकोप्टरको भाडा तिर्नकालागि रकम नभएको तथा आयोजक र घाईतेका अफन्तबाट पनि बीलमा उल्लेख भए अनुशारको रकम उठाउन गा¥हो भएका कारण तनाव सिर्जना भएको हो । आपदविपदमा उपयोग गरिएको हेलीकोप्टरको भाडा भनेको समयमा तिर्न नसक्दा अप्ठ्यारो आइपरेको प्रजिअ कार्कीले बताए । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको दैबीप्रकोप उद्धार समितिको बैठकले हेलीकोप्टरको भाडा तिर्ने विषयमा छलफल गरेपनि ठोस निष्कर्ष निकाल्न सकेन । भाडा तिर्नका लागि केही रकम आयोजकबाट उठाउने, केही रकम घाईतेका आफन्तबाट लिनकालागि आग्रह गर्ने तथा बाँकी रकम मिनाहाकालागि गृह–मन्त्रालय समक्ष आग्रह गर्ने बैठकले निर्णय लिएको छ । श्रोतका अनुशार मन्त्रालयका सचिवले समेत ‘आयोजक वा घाईतेले हेलीकोप्टरको भाडा नतिरे आफैले तिर्न’ भन्दै दवाव दिने गरेका छन् । ‘समस्य परेकोबेला मै पैसा तिर्छु भन्दै हेलीकोप्टर मगाइयो,’ घाइतेको ज्यान जोगाउन सफल पनि भइयो,’ प्रजिअ कार्कीले भने, ‘अहिल मागेकोबेलामा भाडा तिर्न नसक्दा अप्ठ्यारो भइरहेको छ ।’ बैठकमा सहभागी दलका कतिपय नेताले भने जनताले सेनाको भाडा तिर्न नसक्ने भएकाले राज्यकातर्फबाट मिनाह गरिनुपर्नेमा जोड दिएका थिए ।
पृथ्बी उच्च माबिको पेटीमा बसेर फुटबल खेल हेरिरहेको समयमा वर्षासँगै परेको चट्याङ लागेर सप्तेश्वर–४ का ६० वर्षीय जगतबहादुर राईको घट्नास्थलमै मृत्यु भएको थियो । मृतक जिल्ला खेलकुद बिकास समितिका जिल्ला अध्यक्ष माईतीराज राईको बुवा हुन् ।
चट्याङले घाईते भएकामध्ये भूमीका सुनुवार, मीना सुनुवार, प्रमिला बिश्वकर्मा, बालध्वज श्रेष्ठ, रामकुमार राई, चुनकला सुनुवार, मेनुका बिश्वकर्मा, दिलकुमारी राई, चन्द्र बस्नेत, प्रकाश श्रेष्ठ, जानुका बिश्वकर्मा र उमेश राईलाई उपचारकालागि हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको थियो ।