खोटाङ, असार ३ । खोटाङको दिक्तेलस्थित दिक्तेल अंग्रेजी आबासीय उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थीले बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गरेको छ ।
कक्षा १ र २ मा अध्ययनरत बिद्यार्थीकालागि ‘इन आउट’, कक्षा ३ र ४ मा अध्यनरत छात्राकालागि डोरी नाघ्ने, छात्रकालागि भाले जुधाई, कक्षा ५ र ६ मा अध्यनरत छात्राकालागि स्पन एण्ड मार्बल दौड, छात्रकालागि रिले दौड, कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राकालागि ट्रेजरहण्ट र छात्रकालागि बास्केट बल प्रतियोगीता गरिएको हो ।
शुक्रबार सञ्चालन गरिएको प्रतियोगीतामा शिक्षिकाबीचमा म्यूजीकल चेयर र शिक्षकबीचमा हण्डीफोर प्रतियोगीता सञ्चालन गरिएको आयोजकमध्येकी हसिना कार्कीले जानकारी दिनुभयो । कक्षा १, २, ३ र ४ स्तरिय प्रतियोगीताका बिजेता छात्रछात्रालाई कापी र पेन्सिल, कक्षा ५ र ६ स्तरिय प्रतियोगीताका बिजेतालाई रजिष्टर र बल पेन, कक्षा ८, ९ र १० स्तरिय प्रतियोगीतामा बिजयी बनेका छात्रछात्रालाई पनि रजिष्टर र बल पेन प्रदान गरिएको छ ।
शिक्षक र शिक्षीका सम्मिलित प्रतियोगीताका बिजेतालाई भने कप प्रदान गरिएको आयोजकले जनाएको छ ।