खोटाङ, असार ३ । परिक्षा नियन्त्रण कार्यालयले जिल्लामा एसएलसिको परिणाम पठाउन ढिलाइ गरेको छ । बिहिबार एसएलसिको परिक्षा सार्वजनिक गरेको परिक्षा नियन्त्रण कार्यलयले शुक्रबार मध्यन्हसम्म पनि खोटाङमा नजिता पठाएका छैनन् ।
पनिकाले समयमा परिक्षाको नतिजा नपठाउँदा ‘ई’ देखि ‘ए’ प्लस ग्रेडमा उत्तिर्ण गर्ने बिद्यार्थीको तथ्यांक हालसम्म थाहा हुन नसकेको जिल्ला शिक्षा अधिकारी निर्मल भट्टराईले बताए । ‘अहिलेसम्म पनिकाले रिजल्ट पठाएको छैन,’ कार्यालयमा पुग्दा जिशिअ भट्टराईले भने, ‘पनिकालाई इमेल पठाएको छौँ, आएपछि मात्र रिजल्टका बिषयमा बताउन सकिन्छ ।’ रिजल्टको बिस्तृत विबरण नआउँदा ९ ग्रेडमा उत्तिर्ण भएका र मौका परिक्षा पाएका बिद्यार्थीको विषयमा थाहा हुन सकेको छैन ।
अघिल्ला वर्षसम्म शिक्षाले नतिजा सार्वजनिक गरेकै दिन एलएलसिको नतिजाका बिषयमा बताउँदैआएको थियो । कार्यालयका अनुशार यसवर्ष नियमिततर्फ ३ हजार ६९२ र एक्जाम्टेडतर्फ ३ हजार १०३ परिक्षार्थी एसएलसिमा सामेल भएका छन् ।
गत वर्षको एसएलसिमा खोटाङले मुलुकमै सबैभन्दा कमजोर नतिजा ल्याएको थियो ।