खोटाङ, असार १६ । खोटाङमा भारी मात्रामा बरामद गरिएको म्याद गुज्रेका अखाद्यबस्तु नष्ट गरिएको छ । सदरमुकाम दिक्तेलका १५ वटा पशलबाट बरामद गरिएको चिया, बेसार, कोल्गेट, ल्याक्टो चकलेट, खैनी गुट्का, जिरा, चकलेट, मिल्क फेस, खुर्सानी, मिल्क फेस, सुर्ती, थुक्पा लगायतका दैनिक उपभोग्यबस्तु बिहिबार जलाएर नष्ट गरिएको हो ।
प्रशासन, प्रहरी, उद्योग बाणिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, नगरपालिका, नागरिक समाजको टोलीले बुधबार गरेको अनुगमनकाक्रममा बरामद गरिएका अखाद्यबस्तु प्रशासनकै परिषरमा नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो ।
प्रशासन, प्रहरी, नगरपालिका, घरेलु तथा साना उद्योग बिकास समिति, उद्योग बाणिज्य संघ, कोलेनिका, राष्ट्रिय अनुसन्धान र पत्रकारको रोहबरमा म्याद गुज्रेका सामान नष्ट गरिएको हो ।