खोटाङ २७ असार । प्रहरी र नागरिकको सम्बन्धलाई सुमधुर बनाउने उद्धेश्यले दिक्तेलमा आयोजना गरिएको खुला ब्यडमिन्टन प्रतियोगीताका बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको छ । प्रहरी र सर्वसाधारणको सम्बन्ध र सहकार्यलाई अझै सुमधुर बनाउनका लागि असार–१८ गते शनिबारदेखि २५ गते शनिबारसम्म सञ्चालन गरिएको प्रतियोगीताका बिजेता खेलाडीलाई सोमबार पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्न सफल समिर बजीमय र शुक्र देवानको समुह, दोश्रो स्थान प्राप्त गर्न सफल प्रेम जोशी र शान्तिराम अधिकारीको समुह तथा तेश्रो स्थान प्राप्त गरेका प्रमोद श्रेष्ठ र प्रबीण कार्कीको समुहलाई पुरस्कार प्रदान गरिएको हो । सोमबार बिहान पञ्चेबाजा सहितको ¥यालीले दिक्तेलबजार परिक्रमा गरेपछि कर्मचारी मिलनकेन्द्रको प्रांगणमा बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथिकारुपमा जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्यले प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त टिमलाई क्रमशः नगद २ हजार, १ हजार ४ सय, १ हजारका साथमा जर्सी सेट र प्रमाणपत्र हस्तान्तरण गरे । यस्तै, शान्त्वना स्थान प्राप्त मनबिक्रम राई र साजन मोक्तानलाई समेत नगद एक हजार प्रदान गरिएको आयोजक जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए ।
‘प्रहरी मेरो साथी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय र सामुदायीक बिकास सेवा केन्द्रले युगल व्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको हो । कर्मचारी मिलन केन्द्रको प्रांगणमा सञ्चालन गरिएको प्रतियोगीतामा ४० खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।
ब्याडमिन्टन प्रतियोगीताका बिजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दै जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्य ।
|