खोटाङ, असार ३० । दिक्तेलमा २९ असारका दिन आगलागी भएको छ, त्यसले दुई घर जल्न पुग्यो, आगलागीको कारण भने बिद्युत सर्ट रहेको छ ।
 बुधबार बिहान करिब पौने ८ बजेतिर सुरु भएको आगोले दिक्तेल नगरपालिका–२ थर्पुटोलका लक्ष्मी पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको थियो । दिक्तेलको रत्नपार्कमा ६ महिनाअघि बिद्युतकै कारण जलेका घरहरु ठडिन नपाउँदै पुःन सदरमुकामकै दुई घर जलेका हुन् । लक्ष्मीका छोराहरु बिनोद, लिला र ढुण्डीराज पाण्डे बस्दैआएको घरबाट सुरु भएको आगोबाट जोगाउनेक्रममा सँगै जोडिएका जीवन बस्नेत र टिकाराम बास्तोलाको घरको छाना, बरण्डा, झ्याल, ढोका भत्काइएको छ । क्षतीको बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए । प्रहरीको पछिल्लो तथ्यांक अनुशार आगलागीमा ५० लाख १९ हजार बराबरको क्षती भएको जानकारी आएको छ । आगोले बिनोदको ६ तोला सुन, महत्वपूर्ण कागजात, भाँडाबर्तन, अन्नपात जलेको छ । यस्तै, लिलाको ५ तोला सुन, नगद १ लाख, महत्वपूर्ण कागजात, अन्नपात, भाँडाबर्तन जलेको प्रहरीले जनाएको छ । ढुण्डीराजको १ तोला सुन, नगद १ लाख ५० हजार, भाडाकुँडा, अन्नपात नष्ट भएको छ । आगोमा घर गुमाएका ढकप्रसादको २ लाख नगद, भाँडाबर्तन, अन्नपात समेत जलेको छ । फैलिँदो आगोबाट जोगाउनेक्रममा सरसामान सार्नेक्रममा जीवनको ३ तोला सुन, नगद १२ हजार र टिकारामको १ तोला सुन, २० हजार हराएको जानकारी आएको प्रहरीले जनाएको छ । डेरावालको क्षतीको तथ्यांक आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बजारबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले झण्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । गत पुस–२ गते बिद्युत सर्ट हुँदा लागेको आगोले दिक्तेल नगरपालिका–२ का हिरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रबिध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा पाँच करोड बराबरको क्षती भएको थियो ।
हिलाम्मे सडक भएका कारण अग्नी नियन्त्रक दमकल भने घट्नास्थल पु¥याउन सकिएन । नगरपालिकाको कार्यालयबाट पैदल पाँच मिनेट टाढा रहेको घट्नास्थल लैजानेक्रममा अल्छेढुंगा नपुग्दै सडकको हिलोमा भासिएपछि दमकल घटनास्थलमा पु¥याउन नसकिएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताए ।