खोटाङ, असोज २४– भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरबाट खोटाङका दुई खानेपानी आयोजना र एक सिँचाई आयोजनाका लागि बजेट बिनियोजन भएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटास्थित खुटा बगैंचा खानेपानी योजना र चिसापानीस्थित बालोद्धय आधारभुत खानेपानी योजनाका लागि /१५ लाख बजेट बिनियोजन गरिएको हो ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित सुन्तले खेत सिचाई योजनाका लागि १५ लाख बजेट बिनियोजन भएको जनाइएको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव सागर राईको सहयोगमा खानेपानी र सिँचाई योजनाका लागि बजेट बिनियोजन भएको युवा नेता बाजिन्द्र बिष्टले बताए ।
यस्तै, चालु अवस्थाको देबिस्थान मुहान कटहरे सिँचाई योजनाका लागि पनि प्रदेश सरकारबाट ५ लाख बजेट बिनियोजन भएको छ । ‘योजनाका लागि प्रदेशस्थित भौतिक पुर्वाधार बिकास मन्त्रालय समक्ष पहल गरिएको थियो,’ बिष्टले भने, ‘मन्त्रालयका सचिव सागर राईले बजेट पार्नमा सहयोग गर्नुभएकाले यो काम सम्भव भएको हो ।’