खोटाङ, साउन १३ । दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारकालागि सहयोग जुटाउन गठित सहयोग समितिले हप्ता दिनपछि काम थाल्ने भएको छ ।
बुधबार स्थानीय शान्ति समितिको दिक्तेलस्थित कार्यालयमा बसेको सहयोग समितिको बैठकले खाता खोलेर साउन–२१ गतेदेखि सहयोग रकम उठाउन सुरु गर्ने निर्णय गरेको हो । हाल प्रकासपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानीको उपचार सहयोगकालागि शान्ति समितिको पहलमा समितिका पुर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो । दम र फोक्सोमा भएको समस्यका कारण दुई वर्षदेखि रुम्दाली ओछ्यानमा थलिएका छन् । समस्या आइरहने भएकाले उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता छ । उनको उपचारमै मासिक दश हजार खर्च सकिने गरेको छ । बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिकाभरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए । २००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गरेका थिए ।
इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङ लगायतले योद्धा बलबहादुरको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो । २०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनेपनि पराजित भएका कांग्रेसले जनाएको छ । चामलीङ लगायतको टोलीले निष्ठावान योद्धा बलबहादुर खोटाङका सबैको साझा व्यक्तीत्व भएकाले उनको स्वास्थ्यपचारमा सबै लाग्नुपर्ने बहस चलाएसँगै शनिबार कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा काठ्माण्डौंमा बलहादुरको उपचारकालागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिसकिएको छ । रुम्दालीको सहयोगमा कांग्रेसले केही समयअघि निवर्तमान सचिव बीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरेपनि निष्क्रिया भएको थियो ।