
खोटाङ, साउन १५– खोटाङमा मनोज हत्याकाण्ड भएको २५ वर्ष भएको छ । २०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले बिभिन्न कार्यक्रम गर्दै हप्ता दिनसम्म स्मृति दिबस मनाएको छ । मनोजमार्ग सरसफाई, चेस, ब्याडमिन्टन, निबन्ध, हाजिरिजवाफ प्रतियोगीता, अस्पतालका बिरामीलाई फलफुल वितरण, मौन जुलुस प्रदर्शन लगायतका कार्यक्रम गर्दै मनाइएको स्मृति दिवस शनिबार समापन गरिएको छ ।
शिक्षासेबी राई पुरस्कृत
खोटाङका शिक्षासेबी ईमानकसिं राईलाई शहिद मनोज प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट सेवा पु¥याएको कदरस्वरुप दिक्तेल नगरपालि–७ बाम्राङका ९१ वर्षीय शिक्षासेबी एबं समाजसेवी राईलाई शनिबार पुरस्कृत गरिएको हो । २५ औं शहिद मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा शिक्षासेबी राईलाई नगद ५ हजारका साथमा कदरपत्र सहित पुरस्कृत गरिएको आयोजक मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । बेलायती सेनाको अवकासपछि गाउँ फर्किएर पुःन शिक्षक सेवामा अवकाश पाएका शिक्षासेबी राईलाई कार्यक्रमका प्रमुख अतिथिकारुपमा मनोजका पिता नारायणप्रसाद जोशीले नगद र कदरपत्र प्रदान गरे ।
२३ वर्ष ब्रिटिस सैनिकमा बिताएर गाउँ फर्किएका ईमानसिंले शिक्षण सेवामा २३ वर्ष, संस्थागत विद्यालयको प्रिन्सिपलकारुपमा ६ वर्ष, गाबिस अध्यक्षकारुपमा ५ वर्ष सेवा गरिसकेका छन् । यस्तै, शहिद मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा आयोजित खुला ब्यडमिन्टन तथा चेस प्रतियोगीताको बिजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । मनोज–झपेन्द्र स्मृति दिबसको अवशरमा आयोजित हरेका कार्यक्रमलाई सफल बनाउन क्रियासिलताकासाथ सहभागीता जनाएकामा प्रमुख जिल्ला अधिकारी कार्कीलाई समेत कदरपत्र सहित सम्मान गरिएको छ ।