खोटाङ २१ साउन । दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारकालागि ५४ हजारभन्दा बढि रकम संकलन भएको छ ।
हाल सुनसरीको प्रकासपुर–८ मा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानी राईको उपचार सहयोगकालागि खोटाङका राजनैतिक दलको पहलमा शुक्रबार ५४ हजार ११८ रुपैयाँ रकम संकलन भएको हो ।
शान्ति समितिको कार्यालयमा भएको भेलाबाट कांग्रेसले १५ हजार, एमालेले १० हजार, नेकपा माओबादी केन्द्रले ५ हजार, राप्रपा नेपालले एक हजार ५१५, राप्रपाले ५ हजार ५ सय, संघीय समाजबादी फोरले ५ हजार, नेकपा मालेले ५ हजार, नेकपा माओबादी क्रान्तीकारीले एक हजार ५५०, नयाँ शक्तीले एक हजार ५५० सहयोग गरेका छन् । यस्तै, शान्ति समितिका कार्यालय सचिव दिनेश घिमिरेले २ हजार र नासु रमेश पोखरेलले २ हजार सहयोग गरेको सहयोग समितिका संयोजक ललितकुमार राईले जानकारी दिनुभयो । सहयोग समितिले रुम्दालीको सघाउमा जिबिस, नगरपालिका, गाबिस, संघसंस्था तथा व्यक्ती समक्ष आग्रह गरेको छ । संकलन गरिएको रकम राष्ट्रिय बाणिज्य बैंक दिक्तेलमा खोलिएको चल्ती हिसाव नम्बर ५३५८ मा जम्मा गर्ने र रुम्दालीलाई पठाइने संयोजक राईले बताउनुभयो ।
इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङ लगायतले योद्धा बलबहादुरको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो । रुम्दालीको सहयोगमा समिति बनाउने बहस चलाइएसँगै कांग्रेस खोटाङले काठ्माण्डौंमा ९६ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये ७२ हजार रकम प्राप्त भएको रुम्दालीका ज्वाई भवानीशंकरको भनाई छ ।
त्यसभन्दा अघि रुम्दालीको सहयोगमा २५ हजार पठाइएको कांग्रेस नेता बीरकाजी राईले बताउनुभयो । २००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गर्नुभएको थियो ।