खोटाङ, साउन २२ । सुचारु भएको दुई दिन नबित्दै खोटाङमा पुन: अबरुद्ध भएको छ । पाँच दिनसम्म अवरुद्ध भएपछि बिहिबारदेखि सुचारु भएको बिद्युत पुःन शुक्रबार रातीदेखि अबरुद्ध भएको हो ।
गाईघाट–दिक्तेल ३३ केभी बिद्यत प्रशारण लाईन अवरुद्ध हुँदा खोटाङका ३९ गाबिसका ८ हजार ८५३ उपभोक्ता बाहेक छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन प्रभाबित भएको छ । बिद्युत अवरुद्ध हुँदा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, बित्तीय कार्यालय, व्यापार/व्यवसाय, बिद्युतीय तथा छापा सञ्चार माध्यमको प्रकाशन र प्रशारणमा समेत समस्या उत्पन्न भएको छ ।
रसुवादेखि उदयपुरको गाईघाटबीचमा फल्ट भएको तर फल्ट भएको स्थान अहिलेसम्म पत्ता लाग्न नसकेको नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । अवरुद्ध भएको पाँच दिनसम्म बिद्युत सुचारु नगराइएको भन्दै आक्रोशित उपभोक्ता गत बुधबार प्राधिकरणको कार्यालयमा डेलीगेसन गएका थिए ।