खोटाङ, साउन २९ । बेलामा हेलिकोप्टर नआउँदा खोटाङमा एक बिरामीको ज्यान गएको छ । खराब मौसमका कारण हेलिकोप्टर नआउँदा उच्च ज्वरोका कारण बिरामी भएका बुईपा–२ का शिक्षक दिपक राईको ज्यान गएको हो ।
उपचारका लागि मगाइएको हेलिकोप्टर दिनभर आउन नसकेपछि शिक्षक राईको शुक्रबार साँझ ज्यान गएको हो । दिनभर हेलिकोप्टर नआएपछि जिल्ला अस्पताल दिक्तेल लैजानेक्रममा शिक्षक राईको बाटैमा ज्यान गएको व्यवस्थापन समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो । शिक्षक राई चम्पावती उच्च माबि बुईपामा कार्यरत हुनुहुन्थ्यो । शिक्षक राईको निमोनियाका कारण ज्यान गएको अनुमान गरिएको छ । मृतक शिक्षकका श्रीमतीसहित दुई जना नावालिका छोरी छन् ।
केही वर्षअघि हेलिकोप्टर नआउँदा दिक्तेलका व्यवसायी डिजेन्द्र जोशीले ज्यान गुमाएका थिए । जिल्लाका अधिकांश बिरामीलाई हेलिकोप्टरबाट अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।