भदौ १८ । खोटाङमा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘सामाजिक नक्सा’को प्रयोगलाई तीब्रता दिईएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सो सम्बन्धी सुचना तथा जानकारी गराउने प्रकारको सामाजिक नक्सा प्रभाबकारी बनेपछि त्यसको प्रयोगलाई तीब्रता दिईएको हो ।
सामाजिक नक्साको माध्यमबाट बैदेशिक रोजगारीमा गएकाहरु सुरक्षित छन् कि छैनन् भन्ने सजिलै देखाउन सकिने र असुरक्षाबाट बच्नका लागि उपायहरु देखाउन सकिने हुनाले सुरक्षित आप्रवासन सामी परियोजनाले यो बिधि अपनाएको हो ।
सामाजिक नक्सा समुदाय अभिमुखिकरणमा सहभागी भएकाहरुसँग नै बसेर बनाईने भएकोले पनि प्रभाबकारी हुने परियोजनाका सामाजिक परिचालक सन्तोषकुमार राईले जानकारी दिनुभयो । सामाजिक नक्सामा कुनै वडा, टोल वा समुहहरुको जम्मा घरधुरी निकाली त्यस भित्रबाट बैदेशिक रोजगारीमा गएको घरधरुीलाई संकेतले छुटाईन्छ । बैदेशिक रोजगारीमा गएकोहरुले कागजपत्रको फोटोकपीहरु छाडेनछाडेको, सिपतालिम लिएनलिएको, नेपालको बिमान स्थलबाट गएनगएको, करार अबधि भन्दा बढी समय भएनभएको र बैदेशिक रोजगारीमा घरधुरीको सदस्य जान लागेको छ या छैन जस्ता कुरा संकेत मार्फत पहिलो भेला वा छलफलमा समाजिक नक्सामार्फत देखाईन्छ ।
दोस्रो भेला वा छलफलमा भने पहिलो नक्सामा कतिको परिबर्तन भयो भन्ने वा क–कसको घरधुरीमा कागजपत्रका फोटोकपी मगाईए, सिपतालिमा गए, करारअबधि भन्दा धेरै बसेकाहरु फर्किए भन्ने नक्सामा देखाउने गरिएको सामाजिक परिचालक राईको भनाई छ । यसरी सामाजिक नक्साको प्रयोगबाट प्रत्यक्ष सहभागीहरुले नै आफ्नो घर वा बैदेशिक रोजगारीमा गएका ब्यक्ति सुरक्षित भएको वा नभएको थाहा पाई खतरामुक्त संकेत दिनकै लागि भए पनि त्यसबाट बचन पु¥याउनुपर्ने प्रक्रिया वा गर्नुपर्ने कामा गरी सुरक्षित हुने कोशिष पर्नेगरेको जनाईएको छ ।