खोटाङ, २५ भदौ । खोटाङको दोर्पाचिउरीडाँडा–८ बुवालुङले उच्च शिक्षा हाँसिल गरेका पूर्वविद्यार्थीलाई सम्मान गरेको छ ।
स्वर्ण जयन्तीको अवशर पारेर शुक्रबार विद्यालयले स्नातकोत्तर उत्तिर्ण गरेका कृष्णबहादुर बुढाथोकी, शुभचन्द्र राई, वसन्त राई, गोपाल राउल र अनिता खत्री, स्नातक उत्तिर्ण प्रेमकुमार थापा, दिनेश आचार्य, तेजबहादुर राउत, महन्तराज राई, पुष्पराज राई र उपेन्द्रकुमार राईलाई सम्मान गरेको हो । प्रमुख अतिथिका रुपमा जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, श्रोतव्यक्ती पञ्चकुमार राई लगायतले पूर्वविद्यार्थीलाई खादा र सम्मानपत्रका साथमा सम्मान गरेका हुन् । अघिल्लो पुस्ताका बिद्यार्थीको सम्मान र नयाँ विद्यार्थीको शैक्षिक हौसलाकालागि उच्चशिक्षा हाँसिल गरेका पुर्वबिद्यार्थीलाई सम्मान गरिएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयप्रकाश राईले बताए । 
स्वर्ण जयन्तीका अवशरमा विद्यालय सञ्चालनकाक्रममा बीना तलब अध्यापन गरेर योगदान पु¥याएकामा जगतबहादुर राउत, बशन्त राई, रोनर्सराज राई, रिनादेबी बुढाथोकीलाई सम्मान गरिएको छ । यस्तै, बिद्यालय बचाउनकालागि अत्यान्तै न्यून तलवमा शिक्षण गरेर सहयोग गर्ने दानबहादुर चौहान, भीमकुमार राई, शारदा चौहान, धनकुमारी आचार्य र राजकुमार हिङमाङलाई पनि विद्यालयले सम्मान गरेको छ । २०२४ साल भदौ–२४ गते स्थापना भएको बिद्यालयले शुक्रबार ५० वर्षमा स्वर्णजयन्ती मनाएको हो । कार्यक्रममा संस्थापक प्रधानाध्यपक डिकबहादुर राई, बरिष्ठ संस्थापक लिलाकुमार राई, गोर्खा डिपार्टमेन्ट ईटहरीका सञ्चालक रहेका पुर्वबिद्यार्थी बलराम आचार्य, माबि सञ्चालनकाक्रममा एक शिक्षककालागि वर्ष दिनसम्म तलव व्यवस्थापनमा सहयोग पु¥याउने तोयानाथ खनाल, उच्च पदमा पुगेका साकेला बहुमुखी क्याम्पसका प्राचार्य कृष्णबहादुर बुढाथोकीलाई दोसल्ला र कदरपत्रकासाथमा सम्मान गरिएको छ । 
यस्तै, व्यवस्थापन समितिमा बसेर लामो समयसम्म योगदान पु¥याएका दलबहादुर राई, कृष्णबहादुर खत्री र बिर्ख गुरुङ, समाजसेबी प्रेमकुमारी राई, नयाँ कामको सुरुवात गर्ने अभिभाबक गोपाल सिं राई, निमाबि तहको संस्थापक कृष्णबहादुर बुढाथोकी, प्रेम बानियाँ, कलाकार देबेन्द्र राई र विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गर्ने अञ्जु लिम्बू राईलाई विद्यालयले सम्मान गरेको छ ।