खोटाङ, २६ भदौ । खोटाङको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएको दुई हप्ता नबित्दै पुःन अवरुद्ध भएको छ ।
वर्षा रोकिएपछि सञ्चालनमा आएको सडक पुःन भदौरे वर्षाका कारण अवरुद्ध बनेको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताए । वर्षाका कारण जेठ पहिलो सातादेखि बन्द रहेको सडक दुई हप्तादेखि पुनः सुचारु भएको थियो । दिक्तेल–हलेसी सडक अवरुद्ध हुँदा जिल्लाका यात्रु ४२ किलोमिटर दूरी पैदल हिँडेर यात्रा गर्न बाध्य छन् ।
राजधानी काठमाडौं तथा तराईका जानेआउने प्रमुख मार्गकारुपमा रहेको दिक्तेल–हलेसी सडक अवरुद्ध भएपछि शहर जाने र आउने सर्वसाधारण तथा सामान ढुवानी गर्ने व्यापारी सकसपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।