खोटाङ, ३० भदौ । खोटाङका सेवाग्राहीले नमस्ते तथा स्काई मोबाईलमा ‘थ्रिजी’ सेवालाई प्रभावकारी बनाउन नेपाल टेलिकमको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि ‘थ्रिजी’ सेवालाई नचलेको भन्दै सेवाग्राहीले तत्काल सेवा सुधार गर्न टेलिकमको ध्यानाकर्षण गराएको हो । बुधबार खोटाङ उद्योग बाणिज्य संघ, खोटाङ एकता सेवा समाजका पदाधिकारीले नेपाल टेलीकमको दिक्तेलस्थित कार्यालय गएर महिनौंदेखि ‘थ्रिजी’ सेवा नचलेपनि बेवास्ता गरिएको गुनासो गरेका छन् ।
थ्रिजी नचल्दा नमस्ते मोवाईलबाट भ्वईस कल, भिडियो कल र ईन्टरनेट सेवाबाट ग्राहक बञ्चित बनेका छन् । महिनौंदेखि टेलीकमको कार्यालयबाट टाढा जाने बित्तिकै ‘थ्रिजी’ कनेक्ट नहुने समस्या रहेको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । टेलीकमको ‘थ्रिजी’ नचल्दा सेवाग्राही महंगोमा एनसेलको डाटा प्याक किनेर चलाउन बाध्य छन् ।
ध्यानाकर्षण गराउन गएका स्थानीयले एडिएसएल इन्टरनेट समेत क्षमता अनुशार स्पीड नभएको भन्दै टेलीकमसमक्ष गुनासो गरेका छ्न ।