खोटाङ, ६ कार्तिक । खोटाङको डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडा जाने सडक निर्माण गरेका छन् । गाबिसको ३ लाख सहयोगमा स्थानीयले ११ लाख थपेर पर्यटकीयस्थल भुम्जुडाँडा जाने सडक निर्माण गरेका हुन् ।
१८ घर स्थानीयले एक हजारदेखि पाँच हजारसम्म चन्दा उठाएर डिकुवा–८ देखि डिकुवा–९ भुम्जुडाँडा जाने ३ किलोमिटर सडक निर्माण गरेको निर्माण उपभोक्ता समितिका संयोजक बागदल खत्रीले बताउनुभयो । पछिल्लो समय पर्यटकको गन्तव्य थलो बन्दै गएका कारण भुम्जुडाँडासम्म पुग्नकालागि सडक निर्माण गरिएको हो । मनमोहक दृश्यावलोकन, घुमफिर र पिकनिककालागि भुम्जुडाँडा स्थानीयको भीड लाग्ने गरेको छ ।
हिँडेर उक्लिनुपर्ने ठाउँमा सडक निर्माण भएपछि मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडक खण्डको च्यास्मीटार–डिकुवा हुँदै भुम्जुडाँडा पुग्ने बाटो खुलेको खत्रीले बताउनुभयो । भुम्जुडाँडामा खोटाङ बाहेक उदयपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका ठाउँबाट पर्यटक घुमफिरकालागि आउने गरेका छन् ।