खोटाङ ६ कात्तिक
भारतीय राजदुत रञ्जित रायले खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीको दर्शन गरेका छन् । कांग्रेस नेता नारायण खड्काको व्यवस्थापनमा शनिबार हेलिकोप्टरबाट हलेसी आएका भारतीय राजदुत राय दर्शन एबं हलेसीको अवलोकन गरेर फर्किएका छन् ।
हलेसीको पर्यटन प्रबद्र्धनकै क्रममा नेता खड्काले राजदुत रायलाई हलेसी ल्याउने वाताबरण मिलाएको कांग्रेस खोटाङका पुर्वसभापति एबं महासमिति सदस्य बिष्णुकुमार राईले बताउनुभयो । राजदुत राय र नेता खड्काले दर्शन बाहेक हलेसीका प्राकृतिक सुन्दताको अवलोकन गर्नुभएको छ ।

मन्दिरभित्र आधा घण्टा बिताएर बाहिरिएका उनीहरुले केही समय स्थानीयसँग छलफल गरेको हलेसी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । भारतीय राजदुत सहित हलेसी आएका नेता खड्का समक्ष हलेसी मन्दीर व्यवस्थापन समिति र हलेसी बिकास समितिले हलेसीमा बृहत्तर गुरुयोजना लागू गर्न,
बिश्वसम्पदा सूचीमा समाबेशको पहल गर्न, दर्शनार्थी एबं पर्यटकको स्वास्थ्यलाई मध्यनजर गर्दै एम्बुलेन्स सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण लगायतका माग राखेका छन् ।


भारतीय राजदुतको आगमनले हलेसीमा भारतीय दर्शनार्थी एबं पर्यटक बढ्ने उद्योग बाणिज्य संघ खोटाङका पुर्वअध्यक्ष खुसनारायण शैंजूले दाबी गर्नुभयो ।