खोटाङ, ११ कात्तिक । उद्योग वाणिज्य संघ खोटाङले स्थानीय तहको नामाकरणका क्रममा दिक्तेल नगरपालिकाको नाम परिवर्तन नगर्न माग गरेको छ । स्थानीय तहको नामाकरणकाक्रममा दिक्तेल नगरपालिकाको नाम परिवर्तन गरिएकोमा असन्तुष्टी जनाउँदै बाणिज्य संघले दिक्तेल नगरपालिकाको नाम यथावत राख्न माग गरेको हो ।
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति समक्ष बिहिबार ज्ञापनपत्र बुझाउँदै संघले सबै जातजाती, बर्ग र समुदायमा स्थापित भइसकेको दिक्तेललाई सरकारले नै दिक्तेल नगरपालिकाको मान्याता दिइसकेका कारण नाम फेर्न नहुने धाराणा राखेको छ ।
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिको मंगलबार बसेको बैठकले दिक्तेल नगरपालिकाको नाम रुपाकोट मझुवागढी राख्न प्रस्ताव गरेको थियो । खोटाङबजारबाट २०२२ सालमा सदरमुकाम सारिएको दिक्तेल राजनैतिक र प्रशासनिक केन्द्रकारुपमा स्थापित भइसकेकाले नाम फेर्न उपयुक्त नहुने बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । किरात राजा दिखुहाङले राज्य गरेको र कुनै समय दिकु नामका व्यवसायीले तेल बिक्री गरेका आधारमा दिक्तेल नामाकरण गरिएकाले ऐतिहासिक पृष्ठभूमी मेट्न नहुने लयालुको भनाई छ ।
बाणिज्य संघको माग पछि बिहिबार दिउँसो स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले बोलाएको बैठकले बाणिज्य संघको प्रस्तावको हार्डकपी गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष पठाउने निर्णय गरेको छ ।
यसैबीच, वाम्बुले राई सेवा समाजले डिकुवा, बाहुनीडाँडा र च्यास्मीटारलाई वाम्बुलेको संरक्षित क्षेत्र बनाउन माग गरेको छ । स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति समक्ष वाम्बुले संरक्षित क्षेत्रका बिषयमा माग राखिएको समाजका सल्लाहकार सरेन्द्र राईले बताउनुभयो ।