खोटाङ, ११ कात्तिक । खोटाङको दुर्छिममा जारी ‘होलेसुङ–जनकराज राई गोल्ड कप’मा ७ टिम क्वाटरफाईनल प्रबेश गरेका छन् ।
 स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजना बुधबारदेखि सुरु गोल्डकपमा रातमाटे फुटबल क्ल्व दुर्छिम, रातमाटे फुटबल क्लव दुर्छिम ‘ए’, ओमहलेसी महादेबस्थान ‘ए’, साकेला सिली फुटबल क्लब दुर्छिम ‘बी’, सप्तेश्वर गुफा घुर्चु मंगलटार, चुमाखु फुटबल क्लब दुर्छिम र साकेला सिली फुटबल क्लब दुर्छिम ‘सि’ क्वाटरफाईनल प्रबेश गरेका हुन् । 
बिहिबार भएको खेलमा चुमाखु फुटबल क्ल्वलाई (२–१)ले हराउँदै रातमाटे फुटबल क्ल्व, ओम हलेसी ‘बी’लाई (५–१) ले हराउँदै रातमाटे फुटबल क्ल्व, सोलु स्पोर्टस क्लव सोलुखुम्बुलाई (४–२)ले हराउँदै ओमहलेसी ‘ए’, हैदे स्पोर्टस क्ल्वलाई (५–०)ले हराउँदै साकेला सिली फुटबल क्लब दुर्छिम ‘बि’, दुर्छिम युवा क्ल्वलाई ट्राईब्रेकरमा (३–२)ले हराउँदै सप्तेश्वर गुफा घुर्चु, ओमहलेसी ‘सि’लाई (५–०)ले हराउँदै चुमाखु फुटबल क्लव दुर्छिम तथा पुर्वजशुभेच्छापुञ्ज दुर्छिमलाई (३–०) ले हराउँदै साकेला सिली फुटबल क्लब दुर्छिम ‘सि’ले क्वाटरफाईनलको यात्रा तया गरेको आयोजक समितिका संयोजक कमल राईले बताए । 
स्थानीयकै पहलमा दुर्छिम–३ भञ्ज्याङमा निर्माणाधिन कृष्णराम राई रंगशालामा जारी खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमले २० हजार, दोश्रो हुने टिमले १० हजार तथा सेमीफाईनलबाट बाहिरिने टिमले ५÷५ हजार प्राप्त गर्ने छन् । शनिबार समापन हुने प्रतियोगीतामा खोटाङ र सोलुखुम्बुका १७ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगीताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोच लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।