सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुक्रबार र शनिबार आयोजित प्रतियोगीतामा १५ स्वर्ण, १० रजत र ७ कास्य जित्दै दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो । प्रतियोगीतामा १ स्वर्ण, ३ रजत र ५ कास्य सहित बाक्सिला डोजो दोश्रो तथा १ स्वर्ण, १ रजत र ४ कास्य जित्दै जालपा डोजोले तेश्रो स्थान प्राप्त गरेको छ ।
सितोरियोका महिला ६० केजी समुहका बिजेतालाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की । |
सितोरियो खेलको व्यवसायीक बिकासकालागि नेपाल सितोसियो कराते संघ र जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता एबं सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि छनौट खेल आयोजना गरिएको हो । बिजेता खेलाडीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, नेपाल प्रहरीका डिएसपी नबिनकिशोर प्रधान, शसस्त्र डिएसपी भरत कोईराला लगायतले कप, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगीतामा महिला एकल काँतातर्फ दिक्तेल डोजोकी जस्मिना राई प्रथम, अरुणा राई दोश्रो, निशा राई र बाक्सिला डोजोकी संक्षुडोल्मा तामाङ तेश्रो भएकी छन् । पुरुष एकल काँतातर्फ दिक्तेल डोजोेका सुर्यचन्द्र राई प्रथम, अर्जुन श्रेष्ठ दोश्रो र सरोज दाहाल तेश्रो भए ।
पुरुष कुमितेतर्फ ३० केजी समुहमा दिक्तेलका मन्दीप अधिकारी प्रथम, जालपाका पारस राई दोश्रो, बाक्सिलाका मौसम राई र कुशल राई तेश्रो, ३५ केजी समुहमा दिक्तेलका अभिशेष मगर प्रथम, सुर्यचन्द्र राई दोश्रो, लेनिनमाक्स राई र बाक्सिलाका रोमन राई तेश्रो भएका छन् । यस्तै, ४० केजी समुहमा दिक्तेलका सरोज दाहाल प्रथम, बिबेक राई दोश्रो, जालपाका रोशन राई र पारस राई तेश्रो, ४५ केजी समुहमा जालपाका सुजन राई प्रथम, दिक्तेलका पाइलन राई दोश्रो, नुनथलाका भवन तामाङ र अर्खौलेका रोशन श्रेष्ठ तेश्रो, ५० केजी समुहमा दिक्तेलका अनिल मगर प्रथम, नुनथलाका जितेन राई दोश्रो, बाक्सिलाका योसन राई र दिक्तेलका प्रभुराम राई तेश्रो भएको आयोजकले जनाएको छ । ५५ केजी समुहमा दिक्तेलका सुजन राई प्रथम, बाक्सिलाका आशिष राई दोश्रो र नुनथलाका गजेन्द्र राई तेश्रो तथा ६० केजी समुहमा दिक्तेलका ईश्वरधन राई प्रथम, तपिन्द्र राई दोश्रो, अर्खौलेका लोकबहादुर मगर र जालपाका माउन्टेन राई तेश्रो भएका छन् ।
यस्तै, महिला कुमितेतर्फ २५ केजी समुहमा दिक्तेलकी अरुणा राई प्रथम र साईना राई दोश्रो, ३० केजी समुहमा दिक्तेलकी निशा राई प्रथम, अस्मिता परियार दोश्रो, नुनथलाका सुष्मा राई र दिक्तेलकी प्रनिशा राई तेश्रो भएकी छन् । ३५ केजी समुहमा दिक्तेलकै प्रभा परियार प्रथम, अरुणा राई दोश्रो र नुनथलाका रोजिना राई तेश्रो, ४० केजी समुहमा बाक्सिलाका प्रनिता राई प्रथम, नुनथलाका प्रभा राई दोश्रो र जालपाका अस्मिता बिक तेश्रो, ४५ केजी समुहमा दिक्तेलकी नञ्जु राई प्रथम, अर्खौलेकी अनिता मगर दोश्रो, जालपाकी भावना राई र नुनथलाका सोनी राई तेश्रो भएकी छन् । ५० केजी समुहमा दिक्तेलकी युना भुजेल प्रथम, बाक्सिलाकी लक्ष्मी राई दोश्रो, नुनथलाकी रचना राई र दिक्तेलकी समिता राई तेश्रो, ५५ केजी समुहमा दिक्तेलकी सोना राई प्रथम, बाक्सिलाकी संक्षुडोल्मा तामाङ दोश्रो, अर्खौलेकी लिला राई र दिक्तेलकी रञ्जना राई तेश्रो तथा ६० केजी समुहमा दिक्तेलकी जस्मिना राई प्रथम, मिसडोना राई दोश्रो, अर्खौलेकी लक्ष्मी परियार र दिक्तेलकी ईशा राई तेश्रो भएको संघले जनाएको छ । प्रतियोगीतामा महिलातर्फ निशा राई र पुरुषतर्फ सरोज दाहाल उत्कृष्ट खेलाडी घोषित भए ।
राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खेलाडी छनौट
जिल्ला स्तरिय सितोरियो कराँते प्रतियोगीताकैबीचबाट सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि जाने खेलाडी छनौट गरिएको छ । आयोजकका अनुशार पुरुष कुमितेतर्फ ५० केजी समुहमा अर्जुन श्रेष्ठ, ५५ केजी समुहमा नबिन राई, ६० केजी समुहमा सन्तोष राई, ६७ केजीमा सुजन राई, ७५ केजीमा ईश्वरधन राई र ८४ प्लसमा सञ्जयकुमार राई राष्ट्रिय खेलकुद प्रतियोगीताको क्षेत्रीय प्रतिष्पर्धाकालागि छानिएका छन् । महिला कुमितेतर्फ ४५ केजी समुहमा रोश्मा राई, ५० केजी समुहमा विद्याकला राई, ५५ केजी समुहमा प्रिया राई, ६१ केजी समुहमा जस्मिना राई, ६८ केजी समुहमा मिसडोना राई र ६८ प्लसमा सोना राई छानिएकी छन् । राष्ट्रिय खेलकुद प्रतियोगीताकैलागि महिला एकलकाँतातर्फ रोश्मा राई, टिम काँतातर्फ रोश्मा राई, विद्याकला राई र जस्मिना राई छानीएकी छन् । पुरुष एकलकाँतातर्फ मोतीचन्द्र राई र टिमकाँतातर्फ मोतीचन्द्र राई, सुमन राई र नबिन राई छानिएका छन् ।
कार्यक्रम नेपाल सितोसियो कराते संघका उपाध्यक्ष मिलन कसजूको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।