खोटाङ, १३ कात्तिक । विपन्न तथा जेहेन्दार दलित बालबालिकाको सहयोगार्थ खोटाङ दलित बिकास मञ्चले देउसीभैली कार्यक्रम गरेको छ । विपन्न तथा जेहेन्दार दलित बालबालिकाको सहयोगार्थ मञ्जले शुक्रबार सदरमुकाम दिक्तेलको भवनगैरामा सडक नाटक र साँस्कृतिक नृत्यकासाथमा देउसीभैली कार्यक्रम गरेको हो ।
दलित विकास मञ्चले मंगलबार खाल्लेमा, बुधबार बाम्राङमा र बिहिबार नेर्पामा शुभकामना आदान प्रदाकासाथमा देउसीभैली कार्यक्रम गरेको थियो । देउसीभैलीबाट हालसम्म करिब ५० हजार बराबरको रकम संकलन भएको खोटाङ दलित बिकास मञ्चका अध्यक्ष मिलन चाहारले बताउनुभयो । शनिबार दिक्तेलको त्रिबेणीचोक र भानुचोकमा देउसीभैली कार्यक्रम गरिने मञ्चले जनाएको छ ।
भवन निर्माणकालागि दिक्तेल नगरपालिका ९ स्थित रमितेडाँडा आमा समुहले पनि देउसीभैली कार्यक्रम गरेको छ । भवन निर्माणकालागि तिहारको अवसरमा शुक्रबार रमितेडाँडामा देउसीभैली कार्यक्रम गरिएको रमितेडाँडा आमा समुहकी अध्यक्ष सिता कार्कीले बताउनुभयो । यस्तै, श्रीमाबि बाँसबोटे लफ्याङमा उच्च माबि सञ्चालनार्थ आर्थिक संकलन गर्न सुरु गरिएको देउसीभैली कार्यक्रम जारी छ ।