खोटाङ । जनयुद्धका खोटाङका महान शहिद दिलकाजी कार्की र ठुलकुमार श्रेष्ठको स्मृतिमा बन्न लागेको ‘दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान’ भवन निर्माणको काम धमाधम भइरहेको छ ।

दिक्तेलस्थित तत्कालिन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको भवनलाई भत्काएर प्रतिष्ठान निर्माणको काम भइरहेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेश राईका अनुसार प्रतिष्ठानको भवन ३ तलाको हुनेछ ।

प्रतिष्ठानमा पुस्तकालय, जनयुद्धमा शहिद भएका खोटाङका ६८ जना शहिदहरुको तस्बीर लगायत राखिने छ ।

एक नम्बर प्रदेश सरकारले प्रतिष्ठान निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारको सहयोगमा स्मृति प्रतिष्ठान भवन बन्न लागेको हो । ६ आना जग्गामा प्रतिष्ठानको भवन निर्माण भइरहेको छ ।

भवन निर्माणको काम अघि बढीरहँदा कोरोनाको कारण केही समय प्रभावित बनेपनि अहिले भने काम भइरहेको नेकपा नेता सुरेशले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा माओवादीका क्षेत्रिय ब्युरो सदस्य शहिद दिलकाजी र उहाँकी धर्मपत्नी इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिमपानीबाट गिरफ्तार गरी एकैदिन टुवाखोलामा हत्या गरिएको थियो ।

जिल्ला सदस्य ठुलकुमारलाई भने पार्टीको कामको शिलसिलामा हिडिरहेको समयमा २०५७ पुस २७ गते उदयपुरको तावाश्रीमा गोली हानी हत्या गरिएको थियो ।

यी समाचार छुटाउनु भयो की

खोटाङमा शहिदहरुको सम्झना : दिलकाजी–ठूलकुमार स्मृति भवन शिलन्यास

सम्झनामा दिलकाजी (फोटो फिचर)

दिलकाजी खोटाङमा जनयुद्धको अभिभावक : सांसद पासाङ