जनयुद्धका शहिद दिलकाजी कार्की तथा ठुल कुमारको सम्झानामा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानु ले दिलकाजी–इन्दिरा कार्कीको १७ औं स्मृति दिवसको अवसरमा आइतबार ३१ असारमा गरेको कार्यक्रम । कार्यक्रममा संघीय संसदका सांसद विशाल भट्टराई, प्रदेश सांसद रामकुमार राई पासाङ लगायतले दिलकाजीको बलिदानको उच्च सम्मान गर्दै शहिदहरुले देखेको सपना पूरा गर्नपर्नेमा जोड दिएका थिए ।
दिलकाजी जनयुद्धको एक इमान्दार, निष्ठावान र मुक्तिका लागि संघर्षशिल खोटाङका नेता थिए । दिलकाजी र उनकी श्रीमती इन्दिराको ३१ असार २०५९ मा तत्कालिन शाही सेनाद्धारा हत्या भएको थियो । प्रत्यक्षदर्शी तथा खोटाङका माओवादी नेता कार्यकर्ताले तत्कालिन राज्य सेनाले सिमपानीबाट दिलकाजीलाई गिरफ्तार गरी हत्या गरेको दाबी गर्दै आएका छन् । सो समयमा दिलकाजीसँगै उनकी श्रीमती इन्दिरा कार्कीको समेत सँगै हत्या भएको थियो ।

यस वर्ष दिलकाजी र ठुलकुमारको नाममा स्मृति प्रतिष्ठान स्थापना हो ।