काठमाडौँ । एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। आज बिहान काठमाडौंबाट ५ जना यात्रु बोकेर उडेको 9N-ASQ दर्ता नम्बरको हेलिकोप्टर ११ :५१ बजे खोटाङको बेलाबेसी भन्ने गाउँस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा यात्रु काजीबहादु राई घाइते भएका छन् भने अन्य यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको कम्पनीले जनाएको छ।