खोटाङ, मंसिर १५ । आगलागीबाट बिस्थापित दुई परिवारलाई खाद्यान्न, त्रिपाल र ओढाओछ्यानका कपडा प्रदान गरिएको छ । गत मंसिर ३ गते केटाकेटीले खेलाउँदा सल्किएको आगोले घर तथा बन्दोबस्तीका सामान जलेपछि बिस्थापित बनेका खोटाङको सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको परिवारलाई ३० केजीको एक/एक प्याक चामल, पाँच/पाँच थान त्रिपाल, चार/चार वटा डसना र पाँच वटा ब्ल्यांकेट लगायतका आवश्यकीय सामग्री प्रदान गरिएको हो । 
आगलागीबाट बिचल्नीमा परेका परिवारलाई कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको नेतृत्वको कांग्रेस नेताले गाउँमै पुगेर राहत सहयोग गरेको हो । काठ्माण्डौंबाट राहत सहित सुन्तले पुगेको राई नेतृत्वको टोलीले मंगलबार पिडित परिवारलाई राहत हस्तान्तरण गरेको स्थानीय शिक्षक अर्जुन मगरले बताए । उनीहरुलाई कांग्रेस नेताको टोलीले थप एक/एक थान सोलार उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ । विभिन्न सञ्चारमध्यममा प्रशाशित खबरको आधारमा आगलागीबाट बिचल्नीमा परेका परिवारलाई राहत प्रदान गरिएको कांग्रेस महाधिबेसन प्रतिनिधि राईले जनाए । 
पदमबहादुरको गोठ नजिकै थुपारिएको परालबाट सुरु भएको आगोले आँगन जोडिएका दुबै घर जलेको थियो । आगलागीमा ललितबहादुरको ४० तोला चाँदी, २५ हजार नगद तथा घरमा भएका सबै सामान जल्दा १५ लाख ४८ हजार र पदमबहादुरको नगद १० हजार र घरभित्र भएका सबै थोक जल्दा ११ लाख ८९ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।