खोटाङ, २५ मंसिर । स्थानीय शान्ति समिति खोटाङले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गर्ने कार्यक्रमको टुंगो लगाएको छ ।
शान्ति समितिको बैठकले द्धन्द्ध पीडितबीचको पुनःमिलन तथा सम्मान कार्यक्रमका लागि १ लाख, नगरपालिका र गाबिस स्तरिय शान्ति समिति गठन एबं अभिमुखीकरण कार्यक्रमका लागि १ लाख ९० हजार, शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत सञ्चालन भइरहेको कार्यक्रमको अनुगमनका लागि ५० हजार, शान्तिका लागि रेडियो र पत्रपत्रिकाका लागि १ लाख र शान्ति समितिको स्मारिका प्रकाशनका लागि ६० हजार बजेट बिनियोजन गरेको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट मागमा आधारित कार्यक्रमका लागि प्राप्त भएको ५ लाख अनुदानबाट पाँच वटा कार्यक्रम गर्ने टुंगो लगाइएको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले जानकारी दिनुभयो ।