खोटाङ, मंसिर २९ । खोटाङमा आठौँ बृहत व्यवसायीक कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सुरु भएको छ । जिल्लाका बिभिन्न गाबिसमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नकालागि बुधबारदेखि सदरमुकाम दिक्तेलमा बृहत व्यवसायीक कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सुरु गरिएको हो । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले जिल्ला विकास समिति, कृषि बिकास कार्यालय लगायत एक दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा बिगत ८ वर्ष अघिदेखि कृषि मेला, कृषक दिवस तथा औधोगिक प्रदर्शनी सञ्चालन हुँदैआएको छ । 
कृषि बिकास कार्यालयका प्रांगणमा आयोजित कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समुह, फलफुल समुह, तरकारी समुह, सागपात समुह, दलहन तथा तेलहन समुह, आलु समुह, मसला समुह, माछा, अलैची, उखु लगायतका कृषि उपजका स्टलहरु राखिएका छन् । 
जिल्लाका उत्कृष्ट कृषक तथा बिभिन्न बाली समुहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पुरस्कृत गर्दै बिहिबार कृषक दिवस तथा औधोगिक प्रदर्शनी समापन गरिने कार्यालयका प्राबिधिक सहायक रामभक्त अधिकारीले बताउनुभयो । 
 tion