खोटाङ, १९ पुस । जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न एक महिने अभियान सुरु गरेको छ ।
निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि महिना दिनको अभियान सुरु गरेको हो । आगामी माघ १४ गतेसम्ममा फोटो सहितको मतदाता संकलन तथा अद्यावधिकका काम गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
१६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटो सहितको मतदाता नामावली संकलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत बिबरण भरिएका मतदाताको बिवरण अद्यावधिक गर्नकालागि निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको हो । खत्रीका अनुशार जिल्लामा करिब ७५ हजार मतदाताको नामावली दर्ता गर्न बाँकी रहेको अनुमान गरिएको छ ।