खोटाङ, २६ पुस । प्रधान न्यायधिस शुशिला कार्की आउने भएपछि स्वागतमा जिल्ला अदालत खोटाङ सिंगारिएको छ । 
जिल्ला अदालतको नवनिर्मित भवन उदघाटनकाक्रममा प्रधान न्यायधिस कार्की बुधबार दिक्तेल आउने भएपछि स्वागतमा स्वागतद्धार निर्माण, मञ्च व्यवस्थापन, अदालत परिषरको साजसज्जा लगायतका काम गरिएको छ । प्रधान न्यायधिस कार्की आउने भएपछि अदालत परिषरलाई तोरण र पताकाले बेहुलीझैँ सिंगारिएको छ । प्रधान न्नायधिस कार्की बुधबार हेलीकोप्टरबाट आएर बिहान ११ बने अदालतको भवन उदघाटन गर्ने कार्यक्रम रहेको श्रेष्तेदार शिबप्रसाद पराजुलीले बताए । 
भवन उदघाटन तथा स्वागतको सम्पूर्ण तयारी पूरा भएको छ । भवन उदघाटनका लागि प्रधान न्यायधिस नै आउने भएपछि जिल्लाबासीले कार्यक्रमलाई महत्वकासाथ हेरेका छन् । प्रधान न्यायधिसको आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको अदालतले जनाएको छ । कार्यक्रमकालागि उच्च अदालत बिराटननगर, अस्थायी ईजलास ओखलढुंगाका न्यायधिसहरु दिक्तेल आइपुगेका छन् ।