खोटाङ, माघ २६– गीता इन्फोसिस कम्प्युटर सप्लायर्सले खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका ३५ विद्यालयलाई डेस्कटप कम्प्यूटर निःशुल्क वितरण गर्ने घोषणा गरेको छ ।
भोजपुरमा केन्द्रीय कार्यालय रहेको गीता इन्फोसिसले खोटाङका ५ वटा तथा भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका १०/१० बिद्यालयलाई २/२ थान डेस्कटप कम्प्यूटर निशुल्क वितरण गर्ने घोषणा गरेको हो । दूर–दराजका सामुदायीक बिद्यालयमा कम्प्यूटर शिक्षाको पहुँच बिस्तारका लागि निशुल्क अनुदान कार्यक्रम ल्याइएको गीता ईन्फोसिसका प्रमुख सल्लाहकार पेम्बा तामाङले बताए । यसअघि खोटाङका ४ बिद्यालयलाई डेस्कटप कम्प्यूटर निशुल्क वितरण गरिसकेको गीता ईन्फोसिसले पुःन दोश्रो चरणमा चार जिल्लाका बिद्यालयलाई डेस्कटप कम्प्यूटर निशुल्क उपलव्ध गराउने तयारी गरेको हो ।
आव्हान गरिएको सुचनाका आधारमा प्राप्त निबेदन, बिद्यार्थी र कम्प्युटर अनुपात कम भएका बिद्यालय तथा कम्प्यूटर शिक्षाकालागि ईच्छुक बिद्यालयलाई छनौट गरेर डेस्कटप कम्प्यूटर निशुल्क उपलव्ध गराइने तामाङले बताए । मापदण्ड अनुसारका बिद्यालयलाई छनौट गरेर आगामी ६ महिनाभित्र डेस्कटप कम्प्यूटर प्रदान गर्ने गीता इन्फोसिसले जनाएको छ ।
कम्प्यूटर लगायतका बिद्युतीय सामानको कारोवार गर्ने उद्धेश्यले सदरमुकाम दिक्तेलमा गत असोजदेखि शाखा कार्यालय खोलेको गीता इन्फोसिसले कम्प्यूटर खरिद गर्ने बिद्यार्थी र बिद्यालयलाई लक्ष्यीत गरेर बिशेष ग्राहक छुट योजना समेत ल्याएको छ । बिद्यार्थीलाई १२ हजार ५ सय र विद्यालयलाई १३ हजार रुपैयाँमै डेस्कटप कम्प्युटर उपलव्ध गराउने ग्राहक योजना ल्याएको हो । नयाँ कम्प्युटर बिक्री तथा मर्मत गर्दै आएको गीता इन्फोसिसले ओखलढुंगा र सोलुखुम्बुमा समेत शाखा बिस्तार गर्ने सञ्चालक छुपेन्द्र शर्माले बताए ।