खोटाङ १४ फागुन । नेपाल निजामती कर्मचारी युनियन संघ खोटाङले सदरमुकाम
दिक्तेलका विभिन्न स्थानमा फोहोर संकलन गर्ने फलामे स्टेण्ड भएको बास्केट
राखेको छ ।
दिक्तेलका विभिन्न स्थानमा फोहोर संकलन गर्ने फलामे स्टेण्ड भएको बास्केट
राखेको छ ।
जथाभाबी मिल्काइने फोहोरमैलाले सदरमुकामको सुन्दरता
बिगारेको भन्दै संघले शुक्रबार जिल्ला बिकास समिति र जिल्ला अस्पताल परिषर
तथा त्रिबेणीचोकमा फोहोर संकलन गर्ने टोकरी राखेको हो । फलामको स्टेण्ड
भएको बाल्टिन टोकरी क्रमशः बजारका अन्य क्षेत्रमा समेत राखिने नेपाल
निजामती कर्मचारी युनियन संघका अध्यक्ष तयन्द्र राईले बताए ।
कांग्रेस
निकट संघले आफ्नो सातौं जिल्ला अधिबेसनको पुर्वसन्ध्यमा बजारमा फोहोर
संकलन गर्ने टोकरी राखेको हो । सदरमुकामको सौन्दर्यका लागि सबैको
ध्यानाकृष्ट गराउन फोहोर संकलन गर्ने टोकरी राखिएको संघले जनाएको छ । संघको
अधिबेसन शनिबार स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले उदघाटन गर्ने
कार्यक्रम छ ।