खोटाङ, फागुन २५– नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले राजनैतिक प्रतिबद्धताको अभावमा देशको उद्योग व्यवसायको प्रबर्धन हुन नसकेको बताएका छन् । 
उद्योग बाणिज्य संघ खोटाङको बुधबार दिक्तेलमा आयोजित आठौँ साधारणसभामा बोल्दै पुर्वउपाध्यक्ष ढकालले देशको आर्थिक तथा औद्योगिक बिकासका लागि राजनैतिक प्रतिबद्धता आउनुपर्ने बताए । 
पुर्वउपाध्यक्ष ढकालले मुलुकमा दैनिक उद्योग बन्द भइरहँदा बित्तीय क्षेत्र भने दिन दुई गुणा रात चौगुणा मुनाफामा गइरहेको उल्लेख गरे । 
उनले देशका हरेक ठाउँमा अर्गानिक कृषि, अर्गानिक होटलको सम्भावना रहेको उल्लेख गरे । ढकालले नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनावबाट संस्थाप्रति सकरात्मक र केही गर्ने क्षमता भएका व्यक्तिलाई नेतृत्वमा पु¥याउन आग्रह गरे ।