खोटाङ, २६ फागुन । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलले जिल्ला कारागारलाई पुस्तक प्रदान गरेको छ । 
२०४८ सालमा स्थापना भएको बोर्डिङ स्कुलले आफ्नो रजत जयन्तीको अवशरमा जिल्ला कारागारलाई २१ हजार बराबरको पुस्तक प्रदान गरेको हो । कारागार परिषरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई पुस्तक हस्तान्तरण गर्नुभयो । 
स्थापना भएको २५ वर्ष पुगेको अवशरमा स्कुलले बुधबार ४६ थान पुस्तक हस्तान्तरण गरेको जनाएको छ । कैंदी बन्दीको ज्ञान र चेतना अभिबृद्धिका लागि कारागारलाई पुस्तक प्रदान गरिएको दिक्तेल अंग्रेजी आवासीय माबिका शिक्षक लालप्रसाद घिमिरेले बताउनुभयो । स्कुलसँगै दिक्तेलस्थित शैंजू पुस्तक पशलले पनि कारागारलाई २४ थान पुस्तक हस्तान्तरण गरेको छ । 
गत सोमबारदेखि बिभिन्न कार्यक्रम गर्दै रजत जयन्ती मनाउन सुरु गरेको दिक्तेल इंलिस बोर्डिङ स्कुलले जिल्ला अस्पताललाई पनि १५ थान व्ल्याङ्केट प्रदान गरेको छ । रजत जयन्ती बिभिन्न कार्यक्रम गर्दै शनिबार समापन गर्ने कार्यक्रम रहेको रजत जयन्ती प्रचार प्रसार संयोजक धनकर्ण श्रेष्ठले बताउनुभयो ।