दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको महोत्सवमा नगद कलश सदस्यता बापत रु ३६,३००००, नगद, तुलादान र ब्राम्हन भोजनबाट रु ७३,७५७०४, शालीग्राम पूजाबाट रु ५८,०७२ र दान पेटिकामा रु ४७, ५५५ जम्मा भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवि रिजालले जानकारी दिनुभयो । शनिबार साँझ सम्पन्न महोसत्वमा भूमिदानबाट एक करोड छ लाख ८० हजार तथा सुनदानबाट रु १,००० र धानदानबाट रु ३९,००० जम्मा भएको आयोजकले जनाएको छ ।
वि.सं. २०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि श्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस प्रमुख डा. शुकराज राईले बताउनुभयो । शैक्षिक तथा धार्मिक महोत्सवमा १०८ राष्ट्र शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोविन्दशरण महाराजजी र मीरादेवीले प्रबचन दिनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा वि.सं. २०७० सालदेखि पहिलोपल्ट मानबिकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको क्याम्पसमा महोत्सवबाट जम्मा भएको रकमले अन्य संकायतर्फका विषय थप गरिने जनाइएको छ । जिल्लाकै सबै भन्दा पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा अहिले भौतिक पूर्वाधार अभावमा पठकपाठन गर्न समस्या देखिएको छ ।