यसैबिच, जिल्लामा जिल्ला पशुसेवा कार्यालयले सप्ताहव्यापी रूपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘हाम्रो खोटाङ, राम्रो खोटाङ, सुन्दर खोटाङ, स्वास्थ्य खोटाङ’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत कार्यालयले हिजो सदरमुकाम दिक्तेलमा प्लेकार्डसहित निकालेको प्रभातफेरी बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन भएको थियो ।
अभियानको दोस्रो दिन आज मासु तथा कुखुरा व्यवसायीसँग अन्तक्र्रिया, तेस्रो दिन ‘स्वाइन फिभर’ रोगसम्बन्धी अन्तक्र्रिया, चौथो रानीखेत रोग नियन्त्रण सम्बन्धी अन्तक्र्रिया, छैटौँ दिन हलेसीका मासु पसल अनुगमन र सातौँ दिन डिकुवामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यालय प्रमुख डा राजेन्द्र रायले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत बधशाला अनुगमन, सरोकारवालासँग अन्तक्र्रियालगायतका कार्यक्रम तय गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा अव्यवस्थित तथा स्वच्छ एवम् अस्वस्थ मासु बिक्री गर्ने व्यवसायी तथा व्यापारीलाई कारबाही गरिने पशुसेवा कार्यालयले जनाएको छ ।