खोटाङ १८ चैत्र । खोटाङमा म्यादी प्रहरीका लागि १५ सय ८० जनाको आवेदन परेको छ । सरकारले म्यादी प्रहरीको लागि देशभर ७० हजारको दरखास्त आह्वान गरेकोमा जिल्लामा सो संख्यामा आवेदन परेको हो ।
जसमा पुरुष १३ सय ४० र महिला २ सय ४० जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोसाक, तलब भत्ता र राशन उपलब्ध गराइने भएपछि खोटाङमा अधिकांश महिला र विद्यार्थीहरुको दरखास्त परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोटाङमा छनोट भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लाहरुमा खटाउन सकिने जनाइएको छ ।
म्यादी प्रहरीले नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनासँगै मतदान स्थलमा निर्वाचन सुरक्षाको लागि तथा स्थानीय स्तरमा समन्वयको काम गर्नुपर्ने छ ।