खोटाङ २६ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खोटाङमा भ्रष्टाचार गरेर कमाएको सम्पत्ति दुई महिनाभित्र जनतालाई फिर्ता गर्न अल्टिमेटम दिइएको छ ।
उक्त पार्टीले खोटाङमा भ्रष्टाचारीको लिस्ट तयार गर्ने काम सुरु भएको जानकारी दिँदै यस्तो अल्टिमेटम दिएको हो ।
पार्टी जिल्ला कमिटीको बिहिबार र शुक्रबार बसेको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले पद र शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गरेर कमाएको सम्पत्ती तत्काल सम्बन्धित जनातालाई फिर्ता गर्न अल्टिमेटम दिएको हो ।
भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ती तोकिएको समयसिमा भित्र जनतालाई फिर्ता नगरे पार्टीले जबरजस्त जफत गरेर जनतालाई हस्तान्तरण गर्ने नेपाल कम्यूनिष्ट पार्टी खोटाङका इन्चार्ज विबसले बताए । पार्टीले आसन्न स्थानीय तहको निर्वाचन खोरज र भण्डाफोर अभियानलाई शसक्त रुपले अगाडी बढाउने समेत जनाएको छ ।