खोटाङ, ११ असार
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य टंक राईले जनताको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएको भन्दै निर्वाचनमा जिताउन अपिल गरेका छन् ।


चुनावी कार्यक्रममा सहभागी जनसहभागिता देखेर हौसिदैं उनले माहौल पैसा नजुटाएको बताए । ‘यो भिड पैसा तिरेर जुराएको हैन, भोज भतेर खुवाएर ल्याएको हैन,’ उनले भने, ‘स्वत स्फूर्त नगरपालिकालाई समृद्ध बनाउनका लागि माओवादीलाई जिताउन आएको भिड हो ।’