रामधन राई/खोटाङ, १९ असार । स्थानीय तह निर्बाचनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट नेपाली कांग्रेस बिजयी भएको छ । नगरका लागि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईवन राईले चार हजार ३ सय ९७ र उपमेयर बिमला राईले चार हजार ४ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो ।
मेयर पदमा नवनिर्वाचित इवनले एमालेका खडेन्द्र राईलाई ४ सय र उपमेयर विमलाले एमालेकै मनिशा राईलाई ५ सय ७४ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।
ईवन राईले चार हजार ३ सय ९७ र उपमेयर विमला राईले ४ हजार ४ सय ९६ मत ल्याउनुभएको जनाइएको छ । उहाँहरुको निकटतम् प्रतिद्धन्द्धी एमालेका खडेन्द्र राईले तीन हजार ९ सय ९७ र उपमेयरका प्रतिद्धन्द्धी एमालेकै मनिशा राईले तीन हजार ९ सय २२ मत ल्याउनुभएको छ ।
एघार वडा रहेको नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडामा काँग्रेसका रुद्रकुमार राई, २ डिकुवामा एमालेका हरिकुमार खड्का, ३ काँग्रेसका च्यास्मिटारमा भलाराज राई, ४ बडहरेमा काँग्रेसका किशोरकुमार बस्नेत, ५ दुर्छिममा एमालेका रमेश तिवारी खत्री, मङ्गलटारमा काँग्रेसका रमेशकुमार राउत, ७ महादेवस्थानमा माओवादी केन्द्रका चइन्द्र राई, ८ धितुङमा काँग्रेसका पृथ्वीराज राई, ९ सल्लेमा काँग्रेसका काशीराज राई, १० अर्खौलेमा काँग्रेसका ज्ञानबहादुर पुरी र ११ राजापानीमा काँग्रेसका सन्तोष खत्री वडाअध्यक्षमा विजयी हुनुभएको छ ।