खोटाङ, २१ असार
खोटाङका समाजिक अभियान्ता तथा नेकपा एमाले जिल्ला स्तरीय नेता नारायण प्रसाद जोशिको निधन भएको छ ।
खोटाङ सदरमुकाम दिक्तेल घर भएका जोशिको आज निधन भएको हो । क्यान्सरबाट पीडित जोशिको बुधबार विहान निधन भएको छ ।
उनी एमाले खोटाङ सचिवालय सदस्य तथा रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक थिए । साथै, २००४ साल माघ ४ गते जन्मिएका जोशी समाजिक अभियानमा समेत सक्रिय थिए ।
उनी गैसस महासंघ खोटाङका पूर्व अध्यक्ष, गैसस महासंघ पुर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष, सत्रिय बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष र हिमाली क्लबका अध्यक्षसमेत रहेका थिए ।