खोटाङ ८ साउन
राष्ट्रिय स्तरमा क वर्गका तीन वटा बैंकले जिल्लाका विभिन्न गाउँपालिकामा जाने निर्णय गर्दै गाउँपालिका समेत निर्धारण गरेका छन् ।
राष्ट्रिय स्तरमा क वर्गका तीन वटा बैंकले जिल्लाका विभिन्न गाउँपालिकामा जाने निर्णय गर्दै गाउँपालिका समेत निर्धारण गरेका छन् ।
सेन्चुरी कमर्सियल बैंकले लामिडाँडा गाउँपालिका, नेपाल एसबीआई बैंकले साकेला गाउँपालिका र सनराइज बैंकले जन्तेढुंगा गाउँपालिकामा शाखा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
आफू जान चाहेको गाउँपालिका बैंकहरुले रोजेर बुझाएपछि राष्ट्र बैंकले स्वीकृति समेत दिएको बुझिएको छ । जिल्लाका अन्य स्थानीय तहमा जाने बैंकहरुको टुंगो भने लागिसकेको छैन ।
वाणिज्य बैंकहरुले स्थानीय तहमा जान एक बैंक गएको स्थानमा अर्को बैंकको शाखा नजाने गरी सहमती गरेका छन् ।
हाल ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् । बाँकी ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने तयारी बैंकहरुले गरेका हुन् ।