खोटाङ २६ साउन । गुफामा प्रवेश गर्ने दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खोटाङको प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सोलार बत्ती जडान गरिएको छ ।

हलेसीको महादेव गुफा, बसाहा गुफा लगायतका अध्याँरो गुफालाई उज्यालो बनाउनका लागि ३७ लाखको लागतमा सोलार बत्ती जडान गरिएको हलेसी बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलको भनाई छ ।

हलेसी गुफालाई झिलीमिली बनाउनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला समन्वय समिति उर्जा शाखाको २० लाख ५२ हजार, हलेसी बिकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति र हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक लगानीमा सोलार राखिएको हो ।

 गुफा अध्याँरो हुँदा सकस झेलिरहेका तिर्थालू भक्तजनको सहज हिँडडुल र पूजाआजाका लागि हलेसीमा ४५ वटा सोलार वत्ती जडान गरिएको बैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला समन्वय समिति उर्जा शाखाका ईन्जिनियर चन्द्रप्रकाश यादवले बताउनुभयो ।