खोटाङ ८ भदौ
खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई मातृशोक परेको छ । केही समयदेखि बिरामी रहनु भएकी उनकी पुजनीय आमा शुभकुमारी राईको निधन भएको हो ।
लामो समय काठमाडौका विभिन्न अस्पतालमा उपचार गरेर गाइघाटस्थित नीजि निवासमा आराम गरिरहनु भएकी आमा ७ भदौका दिन निधन भएको खोटेहाङ गाउँपालिका स्थानीय समेत रहेका सांसद विशाल भट्टराईले बताए ।
भट्टराईले मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको उहाँको परिवार, नातागोता, आफन्तजन, छिमेकी र एमालेपंक्ति सबैमा समबेदना व्यक्त गरेका छन् ।