खोटाङ ११ भदौ

नेकपा एमाले खोटाङले गत १४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हारको समिक्षा सुरु गरेको छ ।
एमाले जिल्ला कमिटी खोटाङको नवौ पुर्ण बैठक सदरमुकाम दिक्तेलस्थित पुस्पलाल स्मृति भवनमा शनिबारदेखि सुरु भएको हो । बैठकमा मुख्य एजेण्डा स्थानीय तहको निर्वाचनको समिक्षा गरिने इन्चार्ज विशाल भट्टराईले जानकारी दिए ।  चुनावमा एमालेले खोटाङमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको कारण पहिल्याउने उनले बताए । 
अध्यक्ष बवि चाम्लिङको अध्यक्षता तथा केन्द्रिय सदस्य खगेन्द्र राइको प्रमुख आतिथ्यता सुरु भएको बैठक आज आइतबार पनि बस्नेछ ।
दोस्रो संविधानसभामा दुवै क्षेत्र जित हासिल गरेको एमालेले स्थानीय तह अन्तर्गत १० स्थानीय तहमध्ये १ नगरपालिकासहित ५ वटा पालिका, कांग्रेसले १ नगरपालिकासहित ४ पालिका र माओवादी केन्द्रले एक पालिकामा जित हासिल गरेको थियो ।