खोटाङ ११ भदौ
जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिमारीहरूको चाप बढेको छ । मौसम परिवर्तन र बाढी पहिरोको त्रासपछि जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, खाना खान मन नलाग्ने, टाउको दुख्ने, लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

साता दिन अघिदेखि चिसो मौसम सुरु भएसँगै दैनिक १ सय ५० जनाको हाराहारीमा उपचारका लागि बिरामी अस्पताल आउने गरेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।
डा. केसीका अनुसार उपचारका लागि आएका अधिकांश बिरामीलाई भर्ना गरेरै उपचार गर्नुपरिरहेको छ ।’ भर्ना भएका कतिपय बिरामी २÷३ दिनको उपचारपछि घर फर्कने गरेका छन् । जटिल समस्या देखिएका बिरामीलाई भने अन्यत्र रेफर गर्ने गरिएको अस्पतालले जनाएको छ । अस्पताल आउने कतिपय बिरामीहरूमा टाइफाइडको समस्या देखिएको छ ।
भाइरलबाट बच्न पानी उमालेर पिउन, बालबालिका तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन, पिरोअमिलो नखान, न्यानो कपडा लगाउन सर्वसाधारणलाई अस्पतालले आग्रह गरेको छ ।